Nepali - Srijan Nepal - New Nepali Pop Song

79 Views
Published
© Srijan Nepal, All Rights Reserved

स्वाभिमानी शिर मेरो सगरमाथा जस्तो
लालीगुराँस ओठैमा फुलिरहे जस्तो
पुर्खाको पौरख पहिचान मेरो
नमेटिने इतिहास नेपाली
मन मेरो नेपाली, रगत मेरो नेपाली
यो जुनी रहेसम्म म त नेपाली

सिधा बोली सरल मन ओठमा मिठो मुस्कान
परिश्रमी पाखुरी सरल छ है जीवन
झुकेन शिर मेरो कहिल्यै कसैको डरमा
बिकेन इमान मेरो कहिल्यै लोभ र लालचमा
झुक्ने शिर र बिक्ने इमान नेपाली होइन
मन मेरो नेपाली, रगत मेरो नेपाली
यो जुनी रहेसम्म म त नेपाली l
Category
Nepali Pop